बैंकहरूले घटाए निक्षेपको ब्याजदर

बैकहरूले आउँदो कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले बुधबार प्रकाशित गरेको कात्तिक महिनाको ब्याजदर सूचीअनुसार यही असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत विन्दुले घटेको हो ।

जसअनुसार यही असोजमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत रहेको छ । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम हुने भएको छ ।

सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । आठ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर औसतमा असोजको तुलनाका कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो ।

निक्षेपको ब्याजदर घटेसँगै लागत कम हुने भएका बैंकहरूको आधार दर पनि घटेको छ । आधार दर घटेपछि ऋणको ब्याजदर पनि घटेको छ । तर बैंकहरूमा अपेक्षित रट्ठपमा अझै कर्जा माग बढ्न सकेको छैन । उपभोग र सेयर कर्जा केही बढे पनि उद्योग, निर्माणलगायत क्षेत्रको कर्जा बढ्न नसकेको जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?