उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत, दाल तथा गेडागुडीको मूल्यवृद्धि धेरै

गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो ।

सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको थियो ।

गत भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविधवस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । तर, बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?