दशैं बजार : उत्साहित छैनन् व्यापारी

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन । दशैंको मुखमा अविरल बर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै ब्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।

बाढी पहिरोअघि दशैं बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने ब्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसबर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढी पहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ । नेपालमा पैसा कमाउने बातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । बिदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने ।

काठमाडौं महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिले पहिले पसलका सामानहरु फुटपातका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन । सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’ असनकै अर्का व्यापारीले भने ।

काठमाडौं उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?