धितोपत्र बाेर्डमा अध्यक्ष नियुक्तिको तयारी, तीन जना छनाेटमा परे

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारमध्ये तीन जनाको नाम सर्ट लिष्ट (संक्षिप्तसूची) मा परेको छ ।

अर्थ मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सर्ट लिष्टमा परेका आवेदकलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।

सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा।नवराज अधिकारी रहेका छन् ।

उनीहरूलाई असोज १८ मा बिहान ८ः०० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ ।

सिफारिस समितिले अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवारको चयन गर्न अन्तरवार्ता र कार्य योजनाको प्रस्तुतीकरणमार्फत मूल्यांकन गर्नेछ ।

अर्थ मन्त्रालयले आवेदकलाई तोकिएको मिति र समयमा उपस्थित हुन पुनः जानकारी गराउँदै, कुनै कारणवश अनुपस्थित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं आवेदकको हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?