एकैदिन १७ सय रुपैयाँले बढ्यो सुन, मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । शुक्रबार यस्तो मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यो शुक्रबारभन्दा प्रतितोला ५ रुपैयाँ बढी हो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदरु घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको माग थप बढ्दा मूल्य झन् बढेको हो ।

भारत चीन लगायत उदीयमान अर्थतनत्र भएका मुलुकले समेत सुनको भण्डारुण बढाउँदा पछिल्लो समय सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?