दुई महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण थपियाे

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । असार २०८१ सम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण दुई महिनामै २५ खर्ब २८ अर्ब नाघेको छ ।

योसँगै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋण अनुपात समेत ४४.३२ प्रतिशत हाराहारी पुगेको छ । कार्यालयका अनुसार यसरी दोस्रो महिनामै ह्वात्तै सार्वजनिक ऋण उचालिनुमा एकातर्फ आन्तरिक ऋण परिचालन दोस्रो महिनामै ९० अर्ब रुपैयाँ हाराहारी हुनु र दोस्रो विनियम दर अनुसार अमेरिकी डलरको मूल्य बढ्दा नेपाली रुपैयाँमा सरकारले तिर्ने ऋणको हिस्सा बढ्न पुगेको देखिन्छ ।

कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा १२ खर्ब ३५ अर्ब ९० करोड रहेको छ । यो जीडीपीको २१.६६ प्रतिशतजति हो । वाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । यो जीडीपीको २२.६६ प्रतिशत हुन आउँछ ।

यो महिनासम्म सरकारले कुल सार्वजनिक ऋण १ खर्ब ४ अर्ब उठाएको छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब लिइएको छ भने वाह्य ऋण १४ अर्ब ५ करोड लिइएको छ ।

पछिल्लो दुई महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण वाह्य ऋणमा ३० अर्ब १४ करोड ऋणभार थपिएको छ । उता, दुई महिना अवधिमा कुल ३९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानीमा खर्च भएको छ ।

यसरी दुई महिनामा १ खर्ब रुपैयाँ हाराहारी खुद सार्वजनिक ऋण बढ्न पुगेको हो । सार्वजनिक ऋण प्राप्ति गर्नु बाध्यता भए पनि यसको सही सदुपयोग गर्नुपर्ने विज्ञले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?