पछिल्लो पाँच वर्षमा व्यापार घाटा ३१ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ९९ अर्ब नौ करोड रुपैयाँमा सीमित रहेको व्यापारघाटा गत आर्थिक वर्षसम्म आइपुग्दा ३१ प्रतिशतले वृद्धि भई १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
व्यापार घाटा बढ्नुमा दैनिक भान्सामा प्रयोग हुने सामग्रीहरु देखि लिएर पेट्रोलियम पदार्थ, मेशिनरी सामग्री, सवारी साधन, मोबाइल र सुन लगायतका सामग्रीहरुको आयात उच्च हुनु हो । यसरी उच्च आयातको अवस्था हिजो जुन अवस्थामा थियो सोहि अवस्था वर्तमान समयमा हुदाँ व्यापार घाटा बढेको विज्ञहरु बताउछन् ।
अर्थविद् केशव आचार्य सरकारले व्यापार घाटा कम गर्नका लागि ठोस निर्णय नलिदाँ हिजो र आजको व्यापारमा परिवर्तन हुन नसकेको बताउछन् । सरकारले भान्सामा प्रयोग हुने सामान मात्र आफनै उत्पादनले पुग हुने अवस्था सिर्जना गरी अन्य क्षेत्रमा लगानी परिचालन गर्दै जानु आवश्यक थियो तर त्यसो नगर्दा व्यापारमा समस्या देखिएको हो, उनले भने ।
आर्थिक वर्ष २०७६/७७ मा देखिने तथ्यांक अर्थात् सबैभन्दा उच्च आयात हुनेमा पेट्रोलियम पदार्थ डिजेलन, पेट्रोल र खाना पकाउने एलपीजी ग्यास र सवारी साधन, भटमास, मोबाइल, फलाम तथा स्टीजलन्य सामग्री रहेको छ भने हाल आएर पनि सोहि अवस्था रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सर्वाधिक आयात गरिएको डिजेल ८७ अर्ब ३७ करोड ९८ लाख रुपैयाँ, पेट्रोल २८ अर्ब ३६ करोड ५७ लाख रुपैयाँ, मोटरसाइकल १० अर्ब २८ करोड ५३ लाख रुपैयाँ, फलाम तथा स्टील ४२ अर्ब २३ करोड ५७ लाख रुपैयाँ, खाना पकाउने ग्यास २७ अर्ब ९४ करोड रुपैयाँ, भटमास १८ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ, टेलिफोन तथा मोबाइल १८ अर्ब १७ करोड रुपैयाँ र सवारी साधन एक अर्ब ३४ करोड रुपैयाँको आयात गरिएको छ ।
गत आर्थिक वर्षमा दुई खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिएको छ । सबभैन्दा बढी डिजेल एक खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँ, पेट्रोल ६८ अर्ब १० करोड २० लाख रुपैयाँ र खाना पकाउने ग्यास (एलपीजी) ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ, फलाम तथा स्टीलजन्य सामग्री ७३ अर्ब ६० करोड ६६ लाख रुपैयाँ, स्मार्टफोन २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ, सुन २३ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ, हवाई इन्धन २० अर्ब ७८ करोड रुपैयाँ, विद्युतीय सवारी साधन (५१ किलोवाट देखि १०० किलोवाटका) १९ अर्ब ६७ करोड रुपैयाँ, कच्चा भटमास १३ अर्ब ८४ करोड रुपैयाँ र कच्चा पाम १० अर्ब ५९ करोड रुपैयाँको आयात गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पाम तेलन १८ अर्ब ३१ करोड १७ लाख रुपैयाँ, भटमासको तेल १२ अर्ब ६९ करोड ११ लाख रुपैयाँ, गलैंचा तीन अर्ब ३७ करोड ८८ लाख रुपैयाँ, जुटजन्य सामग्री पाँच अर्ब ७१ करोड १३ लाख रुपैयाँ, अलैंची दुई अर्ब ५२ करोड ७७ लाख रुपैयाँ, जुस दुई अर्ब ५० करोड ११ लाख रुपैयाँ चिया दुई अर्ब ४४ करोड ५० लाख रुपैयाँ, र्यान तीन अर्ब २६ करोड ५२ लाख रुपैयाँको निर्यात गरिएको छ ।
गत आर्थिक वर्षमा पनि गलैंचा १० अर्ब ५७ करोड रुपैयाँ, अलैचीँ सात अर्ब ९३ करोड ८१ लाख रुपैयाँ, फलाम तथा स्टीलजन्य सामग्री छ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ, जुस छ अर्ब २३ करोड ७८ लाख रुपैयाँ, पाम तेल पाँच अर्ब ६२ करोड रुपैयाँ, यार्न आठ अर्ब २३ करोड ९६ लाख रुपैयाँ, चिया तीन अर्ब ३४ करोड १८ लाख रुपैयाँ कुकुर र बिरालाका आहारा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ । यसरी निर्यात व्यापारमा पनि निर्यात परिमाण, रकम र निर्यात सामग्रीमा परिवर्तन आउन नसक्दा निर्यात व्यापारमा सुधारको अवस्था नदेखिएको विज्ञहरु बताउछन् ।

