अन्ततः ५ वर्षका लागि नवीकरण भयो एनसेल

नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नवीकरण गरेको छ।

सरकारले यही भदौ १३ मा शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेपछि प्राधिकरणले सोहीअनुसार एनसेलको मोबाइल सेवा अनुमतिपत्र नवीकरण गरेको हो।

लामो समयदेखि एनसेलको नवीकरण रोकिँदै आएको थियो। गत जेठ १४ मा ४ अर्ब बुझाएर किस्ताबन्दी सुविधा माग्दै नवीकरणको आवेदन दिइएको थियो। लामो समयपछि शर्तसहित उक्त सुविधा पाएको हो। यसअनुसार एनसेलले १ अर्ब बुझाएर नवीकरण गरेको हो।

अब बाँकी ३ किस्ताबापतको १५ अर्ब रुपैयाँ प्रत्येक वर्ष ५/५ अर्बका दरले एनसेलले तिर्नुपर्नेछ। बाँकी रकममा सरकारले १० प्रतिशत ब्याज पनि लिने निर्णय गरेकाले सोहीअनुसार हुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?