पढ्नका लागि विदेशिने क्रम तीव्र : नेपाली विद्यार्थीले १ खर्ब २५ अर्ब रुपैयाँ बाहिर लगे

शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका छन्।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन्। अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए।

नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ। नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन्।

शिक्षातर्फको भ्रमण व्यय बढ्दा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो।

आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो। अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोडले घाटामा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?