डीडीसीले किसानलाई १ अर्ब बढी तिरेन

किसानलाई डीडीसीले १ अर्ब ३८ लाख रुपैयाँ तिर्न बाँकी छ ।

‘पछिल्लो समय बिस्तारै बक्यौता घटाउँदै लगेका छौं । उत्पादन र बजारको तालमेल नमिल्दा धेरै दूधको प्रशोधित उत्पादन स्टक थियो,’ डीडीसीका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले भने ।

उनका अनुसार नेपालमा वार्षिक करिब २६ लाख टन दूध उत्पादन हुन्छ । दूध उत्पादन अनुसार माग नहुँदा डेरी उद्योग र डीडीसीले प्रशोधन गरेर पाउडर दूध र मखन बनाउनु परिरहेको छ ।

‘गत आर्थिक वर्ष मात्रै हामीले १ करोड ७० लाख लिटर दूध प्रशोधन गरेर पाउडर मखन बनायौं । त्यसको रकम त होल्ड हुने नै भयो । त्यसरी थपिएको बक्यौता प्रत्येक दिन जसो लिज गर्दा पनि महिनाको ५ दिन जतिको रकमको दायित्व थपिँदै जान्छ,’ अधिकारीले भने ।

डीडीसीका अनुसार मखन अब बिक्री हुन्छ । घिउको सिजन आउने हुँदा अब तिहारसम्म ४ लाख किलो घिउ बिक्री हुने अनुमान छ । ‘स्टक कटेपछि किसानको भुक्तानी तीव्र हुन्छ । डीडीसीले दैनिक १ करोडको व्यापार गर्दा सबै खर्च खटाएर करिब ८० लाख जति अहिले पनि सहकारी मार्फत किसानलाई पैसा दिइरहेको छ,’ अधिकारीले भने ।

नेपालमा दूधजन्य पदार्थ खपत बढ्न नसक्दा बजार नपाइरहेको उनले बताए । ‘हाम्रो उत्पादन अनुसार बजार नै बनाउन सकिएको छैन । त्यसकारण खपत नभएको हो । खपत नहुँदा कन्भर्जन गर्नुपर्छ, कन्भर्जन गरेको दुग्धजन्य पदार्थ नबिक्दा पैसा हुँदैन । चेन नै रोकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?