चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७ करोड ५० लाख विनियोजन भएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मोटा मध्यम धानको प्रतिक्विन्टल रु तीन हजार ८६० तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पहिलो त्रैमासिक अवधिमा विभिन्न ६४ खाद्य व्यवसायी उपर मुद्दा दायर

सिटिजन लाइफको खुद नाफा घट्यो, बिमा कोषको आकार ३५ प्रतिशतले बढ्यो

भोटेकोशी बाढी पुनर्निर्माण : ७ खर्ब ६ अर्ब ६५ करोड चाहिने

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, ऋणको दायित्वसँगै ब्याज तिर्न थाल्यो

२४ खर्ब ४६ अर्बका २३ पूर्वाधार परियोजना लगानी सम्मेलनमा शोकेस गरिँदै

छुटाउनुभयो कि ?