काठमाडौं उपत्यकाबाट १० देखि १५ लाखसम्म यात्रुहरू बाहिरिने प्रक्षेपण

काठमाडौं । आगामी विजयादशमीको अवसरमा काठमाडौं उपत्यकाबाट १० देखि १५ लाखसम्म यात्रुहरू बाहिरिने प्रक्षेपण गरिएको छ ।

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गठित अध्ययन समितिले सार्वजनिक गरेको ‘सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ मा उक्त प्रक्षेपणगरिएको हो ।

प्रतिवेदन अनुसार दशैंको उच्च चापका बेला यात्रु लाइ गन्तव्यसम्म पुर्याउन न्युनतम ४३ हजार ५ सय ७४ देखि ६५ हजार ३ सय ६१ वटा सम्म सार्वजनिक सवारी आवश्यक पर्ने देखिएको छ ।

यात्राको मुख्य चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ गते (अष्टमी) सम्म रहनेछ । जहाँ ३ दिनमै २ देखि ३ लाखभन्दा बढी बाहिरिने छन् । यस क्रममा काठमाडौ उपत्यकाबाट बाहिरिनका लागि ठूला बस ३१ हजार ३ सय ७३, माइक्रोबस २८ हजार १ सय ५ र मिनी बस ५ हजार ८ सय ५२ मुख्य माध्यम हुनेछन् ।

यात्रुको यात्रालाई सहज बनाउन पूर्वाधार विकास समितिले गुनासो दर्ताका लागि क्युआर कोडसहितको अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । साथै, चापका बेला काठमाडौं उपत्यकाभित्रका सार्वजनिक बस, कलेज बस र सुरक्षा निकायका गाडीलाई जगेडा (रिर्जभ) सवारी साधनका रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले अनलाइन र काउन्टर मार्फत अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउनुका साथै तोकिएको भाडादर भन्दा बढी नलिन कडा अनुगमन गर्ने निर्णय गरेको छ । लामो दूरीका गाडीमा कम्तीमा २ जना चालक अनिवार्य गर्ने, रुट परमिट खुला गर्ने र सवारीको मेकानिकल फिटनेस जाँच अनिवार्य गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १,३०० भन्दा बढी ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु, नागढुङ्गा लगायत १० मुख्य नाका र प्रस्थान बिन्दुहरूमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइनेछ ।

यात्रुको सहजताका लागि सडक विभागले पनि वर्षा र बाढी पहिरोले क्षति पुर्याएका राजमार्गहरूको मर्मत तीव्र पारेको छ । आपत्कालीन उद्धारका लागि ५३ वटा ठूला डोजर, एक्सकाभेटर लगायतका उपकरणहरू बीपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ लगायतका मुख्य सडक खण्डहरूमा तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?