होटल क्राउन प्लाजाले ६ करोड रुपैयाँको कारोबार गर्‍यो

होटल क्राउन प्लाजाले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ करोड रुपैयाँ र सन् २०२३ मा पनि ४ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले ११० कोठा क्षमताको होटल निर्माण गरिरहेको छ । हाल भने ७० कोठाको सुविधासहित होटल सञ्चालनमा रहेको छ । साथै, कम्पनीले होटलको क्षमता विस्तार गरी १३८ कोठा पुर्‍याउने योजना बनाएको छ । यसका लागि थप २८ कोठा निर्माण गरी होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने तयारी गरिएको छ ।

सन् २०१४ मा होटल पवन प्यालेस प्रालिको नाममा दर्ता भएको कम्पनी सन् २०२५ मा लुम्बिनी हेरिटेज कम्पनीमा परिणत भएको हो ।

कम्पनीले कन्फरेन्स हल, फुड एन्ड बेभरेज सेवा तथा वेलनेस सुविधासमेत स्तरोन्नति गर्ने तयारी गरेको छ । सन् २०२५ को अक्टोबरमा होटल व्यवस्थापनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुपसँग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

होटलको स्तरोन्नति तथा क्षमता विस्तारका लागि कम्पनीले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ थप लगानी गर्ने भएको छ । यसअन्तर्गत कोठादेखि अन्य सेवासुविधासम्मको विस्तार गरिनेछ ।

कम्पनीको लगानी अनुपात ५६:४४ कायम गरिएको छ भने आवश्यक कर्जा व्यवस्थापन भइसकेको छ । स्तरोन्नति सम्पन्न भएको होटल सन् २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सुभास अमात्य अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङसमेत गराएको छ।

होटल बुद्ध जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?