सञ्चय कोषद्वारा आफ्ना सञ्चय र योगदानकर्ताको खातामा सवा ५ अर्ब जम्मा

कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३० करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको छ ।

कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १ प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफाको रुपमा सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरुमा राख्ने गर्दछ । यस्ता कोषहरुमा रहेको रकम आवश्यकता अनुसार सञ्चयकर्ताको हितमा खर्च हुने गर्दछ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशतका दरले व्याज प्रदान गरेको छ। सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट ५.७५ प्रतिशत व्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ४.२५ प्रतिशत ब्याजदरमा मुनाफा १.०० प्रतिशत समेत जोड्दा जम्मा ५.२५ प्रतिशत हुने र विशेष सापटीको व्याजदर ५.७५ प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल भन्दा तिर्नुपर्ने ब्याज ०.५० प्रतिशत मात्र बढी रहन गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?