टेलिकमको आयमा वृद्धि, मुनाफामा गिरावट

नेपाल टेलिकमले चालू आ.व २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन आयमा सामान्य वृद्धि भए पनि खुद मुनाफामा भने गिरावट देखिएको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रूपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशत (२९ करोड ४८ लाख रुपैयाँ) ले बढी हो । यद्यपि, कम्पनीको कुल आम्दानीमा भने १.५ प्रतिशतले कमी आई १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रूपैयाँ कायम भएको टेलिकमले जनाएको छ ।

कम्पनीको खुद मुनाफा गत वर्षको तुलनामा १२.९८ प्रतिशतले घटेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म ४ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको टेलिकमले यस वर्षको सोही अवधिमा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रूपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?