केवाईसी ब्रान्डका इलेक्ट्रिक भ्यान आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न आदेश

काठमाडौं जिल्ला अदालतले केवाईसी ब्रान्डका इलेक्ट्रिक भ्यान आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार अदालतले केवाइसीसँग स्पेसिफिकेसन मिल्ने सवारीसाधन आयात र बिक्री–वितरण नगर्न आदेश जारी गरेको हो ।

देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्दै अदालतले केवाईसी ब्रान्डका गाडीमात्र होइन, उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री–वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको हो ।

यसअघि अदालतको आदेश विपरित ‘नियोसिया’ ब्रान्डमा केवाईसी गाडी आयात तथा बिक्री हुँदै आएको थियो ।

‘चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरू निवेदक वादीबाहेक अन्य कम्पनी र व्यक्तिका नामबाट आपूर्ति तथा बिक्री– वितरण नगर्नू नगराउनू,’ अदालतको आदेशमा छ, ‘करार सम्झौता यथास्थितिमा कायम राख्नू भनी विपक्षीहरूका नाममा देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदिएको छ ।’

विवादित गाडीहरू केवाईसी ब्रान्डकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?