अब एक पटकमा ५ लाख माथिकाे नगद काराेबार गर्न नमिल्ने

अब एक पटकमा ५ लाख माथिकाे नगद काराेबार गर्न नमिल्ने भएकाे छ ।

एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सरकारले सीमा तोकिएको हाे ।

औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको परामर्शमा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ को दफा ४४ ‘ग’ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

अनौपचारिक अर्थतन्त्रलाई निरुत्साहित गर्दै डिजिटल अर्थतन्त्रलाई बढावा दिने उद्देश्यले यो निर्णय गरिएको उनको भनाइ छ । मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा ४४ (ग) बमोजिम राजपत्रमा सूचना प्रकाशन गर्ने तयारी गरेको छ ।

‘सरकारले २०७३ चैत १० मा नै राजपत्रमा सूचना निकालेर १० लाख रुपैयाँसम्मको नगद कारोबार गर्न पाइने व्यवस्था गरेको थियो । अहिले सरकारले उक्त व्यवस्थालाई संशोधन गर्दै १० लाखसम्मको कारोबारलाई घटाएर ५ लाखको सीमा तोकिएको हो,’ पाण्डेयले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?