भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।
विगत दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।
पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए।
इसेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण भूमिका निभाइरहनुभएका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय हो बताए।

