ग्लोबल आईएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण हुने

काठमाडौँको उत्तरढोकामा ग्लोबल आईएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण हुने भएको छ।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले भवन निर्माणका लागि आज विधिवत् रूपमा भूमिपूजा गरे‍का हुन्।

ढकालका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना केवल एउटा प्रशासनिक भवन मात्र हुनेछैन। यसले बैंकको संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको समृद्ध दृष्टिलाई पनि प्रतिविम्बित गर्नेछ।

‘भवन निर्माण गर्दा हामीले नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिएका छौँ। जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधिको प्रयोग गरिनुका साथै वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणालीमार्फत यसलाई पूर्ण रूपमा ऊर्जा-दक्ष र पर्यावरणमैत्री भवनका रूपमा विकास गर्दैछौँ। सेवाग्राही र कर्मचारी साथीहरूको सुविधाका लागि दुई तहको फराकिलो भूमिगत पार्किङको व्यवस्थासमेत गरिएको छ’, उनले भनेका छन्।

यो नयाँ पूर्वाधारले बैंकका वित्तीय सेवाहरूलाई अझ सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै देशको समग्र आर्थिक विकासमा थप टेवा पुर्‍याउने विश्वास लिएको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पर्यटन आगमनले चन्द्रागिरि हिल्सको नाफामा सुधार : खुद नाफा करिब ३ करोड

तीन महिनामा उद्योग क्षेत्रमा एक खर्ब लगानी प्रस्ताव

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

भारत भ्रमणमा बालेनको प्राथमिकता व्यापार र लगानी : दिल्लीमा बिजनेस फोरम

छुटाउनुभयो कि ?