विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) सञ्चालनमा

दुई महिनाभन्दा लामो समयदेखि बन्द रहेको विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) सञ्चालनमा आएको छ।

सुरक्षा जेखिम देखिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ११ गतेदेखि प्रणाली बन्द गरेको थियो।

सफ्टवेयर विकास तथा सञ्चालन केन्दबाट नयाँ विद्युतीय खरिद प्रणाली विकास भएसँगै आजदेखि सञ्चालनमा आएको कार्यालयले जानकारी दिएको छ। हाल प्रणाली पूर्ण रुपमा भने सञ्चालनमा आएको छ।

पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूलाई चार कार्यहरू नयाँ प्रणालीमार्फत गर्न कार्यालयले अनुरोध गरेको छ।

यस नयाँ विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरू मात्र दर्ता गर्न अनुरोध गरिएको छ।

यो सूचना प्रकाशन गरिएको मितिदेखि सबै सार्वजनिक निकायहरूले निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र यस प्रणालीमार्फत मात्र प्रकाशन गर्न तथा सबै सार्वजनिक निकायहरूले निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र प्रस्ताव बोलपत्रदातारआपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमध्ये कुनै एक माध्यमबाट दाखिला गर्न सक्ने व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।

सार्वजनिक निकायले बोलपत्र खोलुवा तथा मूल्याङ्कन विद्युतीय खरिद प्रणालीमार्फत गर्न तथा हार्डकपीमार्फत दाखिला भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पहिलो त्रैमासिक अवधिमा विभिन्न ६४ खाद्य व्यवसायी उपर मुद्दा दायर

सिटिजन लाइफको खुद नाफा घट्यो, बिमा कोषको आकार ३५ प्रतिशतले बढ्यो

भोटेकोशी बाढी पुनर्निर्माण : ७ खर्ब ६ अर्ब ६५ करोड चाहिने

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, ऋणको दायित्वसँगै ब्याज तिर्न थाल्यो

२४ खर्ब ४६ अर्बका २३ पूर्वाधार परियोजना लगानी सम्मेलनमा शोकेस गरिँदै

छुटाउनुभयो कि ?