चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा औषतमा २१.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंंकको नाफा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म धेरै नाफा कमाउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।
धेरै नाफा कमाउने दोस्रो बैकमा ग्लोबल आइएमई रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार, प्राइम बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ करोड, एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार, एभरेष्ट बैंकले १ अर्ब १२ करोड ७७ लाख ४ हजार, कुमारी बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार नाफा आर्जन गरेका छन् ।

