अग्रिम टिकट बुकिङ रद्द गर्न यातायात व्यवसायीकाे माग

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ रद्द गर्न माग गरेका छन् ।

दसैँका निम्ति यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर, देशभर अविरल वर्षाले सडक अवरुद्ध भएको भन्दै यातायात व्यवसायीले तत्कालका निम्ति अग्रिम टिकट बुकिङ रद्द गर्न माग गरेका हुन् ।

देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सवारीसाधन चलाउन नसकिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । “सवारीसाधन बाटोमा अलपत्र छन् । अर्कोतिर, बाटोहरूको अवस्था नाजुक छ । यस्तोमा यात्रीलाई अग्रिम टिकट मात्र दिएर हुँदैन,” उनले भने ।

उक्त बुकिङ रोक्ने र अग्रिम टिकटका निम्ति नयाँ मिति तोक्न भनेर आज (मंगलबार) दिउँसो ३ बजे यातायात व्यवस्था विभागका अधिकारीसँग छलफल गर्न लागेको सिटौलाले जानकारी दिए । टिकट लिइसकेकाहरूको टिकट रद्द नहुने उनले बताए । “अब नयाँ टिकट नदिने भन्ने हो । लिइसकेका टिकटहरू रद्द हुँदैनन्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?