वित्तीय क्षेत्रभन्दा बाहिर साढे ६ खर्ब बढी रकम चलनचल्तीमा

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म वित्तीय क्षेत्रभन्दा बाहिर साढे ६ खर्ब बढी रकम चलनचल्तीमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार ६ खर्ब ६५ अर्ब ३३ करोड चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो २ महिनामा यस्तो चलनचल्तीमा रहेको रकम १५ अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तसम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा भदौमसान्तसम्म आइपुग्दा ६ खर्ब ६५ अर्ब ३३ करोडमा झरेको हो। डिजिटल कारोबार बढ्न थालेपछि चलनचल्तीको रकममा कमी आउन थालेको हो ।

यसैगरी राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा राष्ट्र बैंकको ढुकुटीमा ६ खर्ब १ अर्ब ७८ करोड ९९ रुपैयाँ सञ्चित रहेको छ । पछिल्लो २ महिनामा सञ्चित रकम २८ अर्ब रुपैयाँले बढेको हो । गत असारको अन्त्यसम्ममा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा रहेको थियो ।

हालसम्म राष्ट्र बैंकको दायित्व २१ खर्ब ४४ अर्ब रुपैयाँ छ । दायित्व पनि गत असारको तुलनामा ८८ अर्बले रुपैयाँले बढेको छ । गत असारसम्म २० खर्ब ५६ अर्ब दायित्व रहेको देखिन्छ । नेपालमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० दरका नोट चलनचल्तीमा छन् । तर, राष्ट्र बैंकले पछिल्लो समयमा १, २, २५ र २५० का नोटहरु निष्कासन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?