क्यूआर कोडमार्फत गुनासो सुन्ने प्रणाली प्रयोगमा ल्याउने निर्णय

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले उपभोक्ताको गुनासो सुन्न क्यूआरसहितको प्रणाली सुरु गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा गत शुक्रबार बसेको केन्द्रीय समितिको ७० औं बैठकले सबै जिल्ला प्रशासन कार्यालयमा क्यूआर कोड स्क्यान गरेर गुनासो दर्ता गर्ने प्रणाली व्यवस्था गर्न निर्देशन दिएको छ ।

बैठकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग एवम्‌ मातहत कार्यालयबाट समेत दशैं अगाडि नै यो प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ । बैठकले यस्तो प्रणाली सञ्चालनको अनुगमन गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने निर्णय भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आसन्न दशैं, तिहार, छठ जस्ता पर्वहरुमा उपभोग्य वस्तुहरूको सहज उपलब्धता कायम गर्ने निर्णय पनि गरेको छ । म्याद नाघेका वस्तुहरुको विक्री वितरण रोक्ने, नापतौल तथा गुणस्तरमा हुने ठगी, कालो बजारी नियन्त्रण गर्न संयुक्त बजार अनुगमनको दायरा र सघनता बढाउने निर्णय पनि भएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयमार्फत बजार अनुगमन गरी वस्तु तथा सेवाको सहज आपूर्ति हुने तथा अखाद्य वस्तुको प्रयोग, विक्री वितरण र कालोबजारी नियन्त्रण गर्ने गराउनेतर्फ थप सक्रिय भई आवश्यक व्यवस्था गर्ने निर्णय केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?