सहकारी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धजराज गुरूङमाथि सीआईबीले रअनुसन्धान तीब्र पारेको छ।
सीआईबीले स्राेतका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा धनराजले सहकारीमा तिरेको रकम शंकास्पद रहेको देखिएको छ ।
धनराजले मितेरी सहकारी सहकारीबाट ऋण लिएका थिए । त्यसमध्ये ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन तिरेका पाइएको छ ।
१७ वैशाख २०८१ मा चार वटा चेकमार्फत १४ लाख रुपैयाँका दरले ५६ लाख र एउटामा भने १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा भएको देखिएको छ । धनराजको तर्फबाट भनेर अरु नै व्यक्तिले एनएमबी बैंकको चेकमार्फत डिजोपिट गरेका थिए ।
कसको चेकमार्फत रकम डिपोजिट भयो भन्ने सीआईबीले खुलाउन चाहेको छैन । एकै व्यक्तिको बैंक खाताबाट एकै दिन रकम जम्मा हुँदा पनि एउटै चेकमार्फत रकम जम्मा नभई पटक–पटक जम्मा हुनु शंकास्पद देखिएको सीआईबी स्रोत बताउँछ ।
त्यसपछि ६ जेठ २०८१ मा धनराजको तर्फबाट ८ लाख ८९ हजार ७२० रुपैयाँ मितेरी खातामा जम्मा भएको देखिएको छ ।
धनराजको लिएको कर्जा कहिल्यै उनले आफ्नै चेकमार्फत तिरेका छैनन् । यसरी जम्मा भएको रकम शंकास्पद देखिएको सीआईबी स्रोत बताउँछ ।
कांग्रेस उपसभापति धनराजले भने सहकारीको ऋण घर बचेर तिरेको बताए । अनलाइनखरबसँग कुरा गर्दै धनराजले भने, ‘मैले जसलाई घर बेचेँ, उसैले मेरो तर्फबाट सहकारीमा रकम जम्मा गरेका हुन् । किन पटक–पटक गरे, उनैले बुझ्ने कुरा हो ।’
धनराजले बताएअनुसार सुरुमा उनले एक करोड ऋण लिएको थिए । त्यसपछि पनि आवश्यकताअनुसार ऋण लिएको भन्दै उनले भने, कति लिए भनेर अहिले नै यकिन याद भएन ।’
बाहिर आएको ऋण लिएको समयको एउटा कागजमा धनराजले हकवाल भनेर ज्योती गुरुङको नाम राखेका छन्, जोसँग उनको २९ फागुन २०७६ मा डिभोर्स गरेका थिए ।
उनी ज्योतिलाई ‘हकवाला श्रीमती’ भनेर ऋण लिएको सार्वजनिक भएपछि धनराजको डिभार्स रकम अपचलनबाट बच्न त होइन भनेर प्रश्न उठेको छ । किनकी सहकारीको अर्बौं रकम अपचालन गरेका थुप्रैले श्रीमतीसँग डिभोर्स गरेको कागज बनाएका छन् ।
धनराजले भने ज्योति गुरुङसँग सम्बन्ध बिच्छेद हुनुभन्दा अघि संयुक्तु नाममा कर्जा लिएको, डिभोर्स भएपछि कर्जा अलगअलग गर्न सहकारीले नै नमानेको दाबी गरेका छन् । ‘त्यतिबेला संयुक्त नाममा रहेको कर्जा छुट्टा–छुट्टै गरिदिनु भन्दा मानेनन् । बाध्य भएर त्यो कर्जा मैले एक्लै तिर्नुपर्यो । अहिले किन तिरिस् भन्दै आरोप लगाउँछन्’, धनराजले भने ।

