कोरोना बीमाको दाबी भुक्तानी मागिएको मुद्दाले पायो अग्राधिकार, सर्वोच्चद्वारा कारण देखाउ आदेश

सरकारसँग कोरोना बिमाको रकम माग गर्दै निर्जीवन बिमा कम्पनीको छाता संगठन नेपाल बिमक संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबारको पेशीमा अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश दिएको नेपाल बिमक संघका महासचिव अशोककुमार खड्काले जानकारी दिए ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोबिन्द घिमिरेका अनुसार नेपाल बीमक संघको तर्फबाट अख्तियार प्राप्त महासचिव अशोककुमार खड्कासमेत १३ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत ४ निकायलाई विपक्षी बनाएको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

विपक्षीहरूलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न आदेश भएको पनि घिमिरेले जानकारी दिए । माग बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने जवाफ सरकारसँग माग भएको र नहुनुपर्ने भए आधार र कारण लिखित रूपमा पेस गर्न सर्वोच्चले सरकारलाई भनेको हो ।

बीमाजस्तो गम्भीर विषय भएकाले रिट निवेदनलाई अग्राधिकार दिएको हो । विपक्षीहरूका तर्फबाट लिखित जवाफ पेस भएपछि अर्को पेसी तय हुनेछ । सरकारसाग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले आइतबार सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?