ठूला बैंकहरूले नै तोकिएको अनुपातमा उर्जा क्षेत्रमा कर्जा प्रवाह गर्न गरेनन्

तोकिएको अनुपातमा उर्जा क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकहरू चुकेका छन् ।

पाँच वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नगरेको पाइएको छ ।

ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एसियाले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नगरेको देखिएको हो ।

राष्ट्र बैंकले ऊर्जालाई प्राथमिकता प्राप्त क्षेत्र तोक्दै न्यूनतम १० प्रतिशत हिस्सा कायम हुने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई यसअघि नै निर्देशन दिएको हो । त्यसको लागि अन्तिम समय सीमा २०८४ असार मसान्तसम्म छ ।

२०८१ असार मसान्तसम्म ६.५ प्रतिशत, २०८२ असार मसान्तसम्म ७ प्रतिशत, २०८३ असार मसान्तसम्म ८ प्रतिशत र २०८४ असार मसान्तसम्म १० प्रतिशत पुर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

सो निर्देशनअनुसार गत असार मसान्तसम्म बैंकहरुले ऊर्जा क्षेत्रमा न्यूनतम ६.५ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने थियो । २०८१ असारसम्म वाणिज्य बैंकहरुको यस्तो कर्जा प्रवाह औसतमा ८.०८ प्रतिशत नै देखिएको छ । तर, पाँच बैंकले भने त्यो अनुपातमा कर्जा प्रवाह गर्न नसकेको राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले पुष्टी गरेको छ ।

अनुपातका आधारमा ऊर्जा क्षेत्रमा ऋण लगानी गर्ने मामिलामा सबै भन्दा कमजोर एनआईसी एसिया बैंक रहेको छ । उक्त बैंकले २०८१ असारसम्म ऊर्जा क्षेत्रमा १.४२ प्रतिशतको अनुपातमा मात्रै कर्जा प्रवाह गरेको छ ।

यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ३.६१ प्रतिशतको अनुपातमा मात्रै कर्जा प्रवाह गरेको देखिन्छ । सरकारले तोकेअनुसार ऊर्जा क्षेत्रमा कर्जा प्रवाह नगर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक समेत देखिएको छ । उक्त बैंकले ऊर्जा क्षेत्रमा ५.२८ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको छ ।

हिमालयन र ग्लोबल आईएमई बैंकले भने तोकिएको सिमा नजिकसम्म कर्जा प्रवाह गरेको देखिन्छ । हिमालयनले ६.३३ प्रतिशत र ग्लोबल आईएमईले ६.३५ प्रतिशतको अनुपातमा ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । अन्य १५ बैंकले भने तोकिएको अनुपातमै ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?