डण्डा चलाउने तयारीमा बालेन : विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी करिब ५ करोड बक्यौता नतिरी फरार

काठमाडौँ । काठमाडौँको विशाल बजारमा पार्किङ सञ्चालन गर्ने कम्पनी भाडा नतिरी फरार भएको छ । विशाल बजार कम्पनीका अनुसार भाडामा पार्किङ सञ्चालन गर्ने कम्पनी झण्डै ५ करोड रुपैयाँ भाडा नतिरी सम्पर्क बाहिर छ ।

पार्किङ सञ्चालनका लागि अनुमति पाएको उज्वल निर्माण सेवाले भाडा नतिरेको कम्पनीले जनाएको छ । फर्मका सञ्चालक तेजबहादुर महत हुन् । उक्त फर्मले सम्झौता बराबरको ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भाडा नतिरेको कम्पनीले जनाएको छ ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार भाडा नतिरी कम्पनी फरार भएपछि भाडा चुक्ता गर्न आउनका लागि सम्झौताकर्ताका लागि ३५ दिने सूचना जारी गरिएको छ । भाडामा पार्किङ गर्न अनुमति पाएको कम्पनीको ठेगाना हुम्ला सिमीकोट हो ।

बालेन नेतृत्वको काठमाडौं महानगर ठेकदारमाथि डण्डा चलाउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?