अधिकांश वाणिज्य बैंकहरूले फेरि व्याजदर घटाए

अधिकांश वाणिज्य बैंकहले फेरि व्याजदर घटाएका छन् । बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको व्याज घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा यो दर ६.७४ प्रतिशत थियो ।

यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । पछिल्लो समयमा बैंकहरूबीच व्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ ।

भदौका लागि १३ बैंकको व्याजदर घटेको छ भने ६ बैंकले साउनकैलाई निरन्तरता दिएका छन् । प्राइम बैंकले भने बढाएको छ ।

ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् । अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् ।

बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो व्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन् । जसले बैंकहरूको निक्षेपको लागत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

आगामी आवका लागि कुन मन्त्रालयलाई कति बजेट ?

कुन आयोजनामा कति भयो बजेट विनियोजन ?

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

राजस्व बढाउन हरित कर, कुनमा कति ?

१० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्ने

छुटाउनुभयो कि ?