भ्रष्टाचारको विरोध गर्दै तीखा ‘कविता’ लेख्ने कवि सार्वजनिक जग्गा अपचलनमा मुछिए

काठमाडौ । भ्रष्टाचारको विरोध गर्दै फेसबुकमा तीखा ‘कविता’ लेखेर चर्चित बन्नुभएका कवि अर्जुन पराजुलीले सार्वजनिक जग्गा अपचलन गरेको तथ्य खुलुको छ ।

काठमाडौंको थापागाउँस्थित १५ आना १ पैसा क्षेत्रफलको जग्गा कब्जामा कवि पराजुलीको संलग्नता भेटिएको हो । सो जाग्गा कवि पराजुलीकै डिजाइनमा पाठशाला स्कुलले कब्जा गरेको पाइएको छ । काठमाडौंकै महंगोमध्येको सो स्कुलका एक संस्थापक पराजुली रहनुभएको छ ।

काठमाडौंको वडा नम्बर १० स्थित दीपकरमण उप्रेतिको जग्गा भाडामा लिएर पाठशालाको भवन बनाइएको छ । विवादित जग्गा चाहीँ भवनभन्दा बाहिरको कित्ता नम्बर १२७ (साविक कि.नं. ७९) को हो । यसअघि सार्वजनिक प्रयोगमा रहेको जग्गा पाठशाला स्कुलले डेढ वर्षअघि कब्जामा लिएर आफ्नो पार्किङस्थल बनाएको छ ।

मालपोत अधिकारीहरुका अनुसार स्थानीय प्रेमरमण र दिपकरमण उप्रेतीले विभिन्न तिगडम गरेर २०५३ सालमा सरकारी जग्गालाई आफ्नो नाममा ल्याउनुभएको थियो । सो जग्गा २०२१ सालको नापि नक्सामा ‘पर्ती’ भनेर लेखिएको थियो । २०५३ कार्तिकमा उप्रेतीद्वयले मालपोतमा तालमेल मिलाएर पर्ती जग्गालाई व्यक्तिगत बनाउन सफल हुनुभएको हो ।

आफ्नो नाममा बनाएपनि उप्रेतीद्वयले सो जग्गा भोगचलन गर्ने आँट गर्नुभएको थिएन । जस्को कारण सो जग्गा वृद्धवृद्धाहरू टहलिने र बालबालिकाहरू खेल्ने स्थल बनेको थियो । तर कवि पराजुलीले भ्रष्टाचारबिरोधी अभियन्ताको नाममा जग्गा हडप्ने सवै डिजाइन बनाएर स्कूलको नामा फत्ते गर्नुभएको पाइएको छ ।

गत वर्ष एकाएक पाठशाला स्कुलले भाडामा लिएर जग्गामा बेरा हालेको थियो ।स्थानीयहरूले तिव्र विरोधबीच जग्गा हडपेरै छाडिएको थियो । सो जग्गाको बिषयमा अख्तियारदेखि महानगर र वडा कार्यालयसम्म उजुरी परे पनि भ्रष्टाचारबिरोधी अभियन्ताको आडमा रोक्न लगाइएको थियो । स्थानीयको आक्रोश शान्त नहुने भएपछि सोमवार वडा कार्यालयले सो जग्गाको विषयमा उचित कारवाही गर्न काठमाडौं महानगरलाई पत्राचार गरेको छ ।

पराजुलीसहितको माफिया ग्याङले हडपेको सो जग्गा नापी कार्यालय काठमाडौंको २०२१ सालको नापी फिल्डबुकमा जग्गाधनीको महलमा पर्ती जग्गा उल्लेख भएको देखिन्छ । जग्गा नापी ऐन २०१९, मालपोत ऐन २०३४, मुुलुकी देवानी संहिता २०७४ मा नेपाल सरकारको स्वामित्वको जग्गालाई ‘पर्ती’ भनेर परिभाषा गरिएको छ ।

साथै मालपोत ऐन २०३४ को दफा २४ (१.) सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नामा दर्ता गर्न नहुने र ऐनको दफा (२)ले कुनै सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेमो त्यस्तो दर्ता स्वतः वदर हुने उल्लेख छ । सर्वोच्च अदालतको २०७९ चैत १३ गते नवलपरासी जिल्लाको कावासोतीको ९३ रोपनी जग्गाको हकमा न्यायाधीशद्वय सपना मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले पर्ती जग्गा सरकारको हुने ठहर गरेको नजिर छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ तथा देवानी संहिता २०७४ को दफा ३०४ र ३०६ अनुसार आफ्नो क्षेत्राधिकार भित्रको सरकारी र सामुदायिक सम्पत्तिको हेरचाह र संरक्षण गर्ने जिम्मेवारी स्थानीय प्रशासन तथा स्थानीय तहको देखिँदा सो जग्गाको आवश्यक संरक्षण र हेरचाह गर्न आदेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

छुटाउनुभयो कि ?