सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

काठमाडौं। सेयर बिक्रीमा हुने नाफामा पुँजीगत लाभकर ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्‍को निर्णय राजपत्रमा प्रकाशित भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार अर्थात भदौ २९ गते सेयर बिक्रीमा हुने नाफामा लाग्ने पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी सेयर बजारमा सुधारका लागि २१ बुँदे कार्ययोजना ल्याएकामा थिए।

त्यसको पर्सिपल्ट अर्थात २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वर्णिमको प्रस्ताव अनुसार पुँजीगत लाभकर घटाउने निर्णय गरेको थियो। त्यही निर्णय भदौ ३१ कै मितिमा राजपत्रमा प्रकाशित भएको हो।

अब ३६५ दिनसम्मको सेयर बिक्रीमा हुने नाफामा ५ प्रतिशत र त्यसभन्दा बढी अवधि होल्ड गरेको सेयर बिक्रीमा हुने नाफामा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। स्वर्णिमले चालु आर्थिक वर्षको बजेटमार्फत त्यस्तो कर २.५० प्रतिशत विन्दुले बढाएर ७.५० र १० प्रतिशत बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?