सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

समाचार सारांश
Auto Generated by AI
  • सेयर बिक्रीको पुँजीगत लाभकरमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएको छ।
  • अब ३६५ दिनसम्म सेयर होल्ड गर्दा ५ प्रतिशत र त्योभन्दा बढी समयका लागि ३.७५ प्रतिशत कर लाग्नेछ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेको २१ बुँदे कार्ययोजना अन्तर्गत उक्त करको दर घटाइएको हो।

काठमाडौं। सेयर बिक्रीमा हुने नाफामा पुँजीगत लाभकर ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्‍को निर्णय राजपत्रमा प्रकाशित भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार अर्थात भदौ २९ गते सेयर बिक्रीमा हुने नाफामा लाग्ने पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी सेयर बजारमा सुधारका लागि २१ बुँदे कार्ययोजना ल्याएकामा थिए।

त्यसको पर्सिपल्ट अर्थात २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वर्णिमको प्रस्ताव अनुसार पुँजीगत लाभकर घटाउने निर्णय गरेको थियो। त्यही निर्णय भदौ ३१ कै मितिमा राजपत्रमा प्रकाशित भएको हो।

अब ३६५ दिनसम्मको सेयर बिक्रीमा हुने नाफामा ५ प्रतिशत र त्यसभन्दा बढी अवधि होल्ड गरेको सेयर बिक्रीमा हुने नाफामा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। स्वर्णिमले चालु आर्थिक वर्षको बजेटमार्फत त्यस्तो कर २.५० प्रतिशत विन्दुले बढाएर ७.५० र १० प्रतिशत बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

छुटाउनुभयो कि ?