दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

समाचार सारांश
Auto Generated by AI
  • प्रतिकूल मौसमका कारण दसैँको अग्रिम टिकट बुकिङ खुला गर्न ढिलाइ गरिएको छ ।
  • यातायात व्यवस्था विभागले सवारी साधनको फिटनेस परीक्षणमा कडाइ गर्ने भएको छ ।
  • राजमार्गको मर्मत र चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न पहल गरिनेछ ।

काठमाडौं । प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले तत्काल हतार नगरिने बताए ।

चाडपर्वमा चल्ने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्र रूट परमिट दिन निर्देशन दिइने पोखरेलले बताए ।

सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना, तथा राजमार्गका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमन गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवार बनाइने पोखरेलको भनाइ छ ।

बाढी र पहिरोका कारण बीपी राजमार्ग वा हेटौँडा जोड्ने बाटो लगायतका राजमार्ग तत्काल सफा र मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गरिने विभागले जनाएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भाडादर नबढ्ने गरी मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गरिने निर्णय पनि भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजन र चाडपर्वमा इन्धन मूल्य स्थिर राख्न आग्रह गरे । यातायात व्यवस्था विभागले १ वर्षको भाडा समायोजन गरिदिएकोमा प्रशंसा गर्दै केही प्राविधिक त्रुटिहरू सुधार गर्न उनले सुझाए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि राज्यले घाटा बेहोरेर भए पनि आजकै मितिबाट चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन आग्रह गरेका छन् ।

अनलाइन टिकेटिङ र प्रविधिमैत्री सेवा लागू गर्न व्यवसायीहरू तयार भए पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाएकाले समस्या भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

छुटाउनुभयो कि ?