नेपालमा ८५ हजार ४४४ जना पर्यटक भित्रिए

समाचार सारांश
Auto Generated by AI
  • अगस्ट २०२६ मा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्।
  • सबैभन्दा धेरै २६ हजार ३७३ पर्यटक भारतबाट आएका छन्।
  • चीन, श्रीलंका र रुस लगायतका देशबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए ।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन् ।

चीनको आगमन गत वर्षको अगस्टको तुलनामा ७ हजार ५३३ को तुलनामा ३६.७८ प्रतिशत बढेको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि हो।

अमेरिकी बजारबाट ६ हजार २९३ जना पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार ४८७ जना आएका छन् भने बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् । युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना आएका छन्, जुन ३.८६ प्रतिशत वृद्धि हो ।

अमेरिकाबाट ७ हजार ४७३ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ । अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो।

अगस्ट २०२६ मा केही प्रमुख बजारबाट उल्लेख्य वृद्धि भएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना आएका छन्, जसमा ८३.०५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो ।

भुटानबाट १ हजार २८८ जना आएका छन् भने आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन्। यी बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?