
- भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ।
- बीवाईडी प्रकरणमा गलत सूचना दिएको आरोप उनीमाथि लागेको छ।
- विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर भण्डारीलाई विभागमा फिर्ता बोलाएका हुन्।
उनलाई गत वर्ष साउनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विभागको महानिर्देशक बनाएका थिए। त्यसअघि उनी मन्त्रालयमै योजना महाशाखा प्रमुख थिए।
अहिले भन्सार विभागमा उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ।
बीवाईडी प्रकरणमा बजेटअघि रसुवागढी नाकाबाट भन्सार जाँचपास भएको विषयमा मन्त्रालय र मातहतको निकायलाई गलत सूचना प्रवाह गरेर गुमराहमा राखेको आरोप उनीमाथि छ।

