भुक्तानी सेवा प्रदायकमा राष्ट्र बैंकको कडाइ

भुक्तानी सेवा प्रदायकमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै नयाँ व्यवस्था जारी गरिएको हो ।

डिजिटल वालेट, भुक्तानी गेटवे, फिनटेक कम्पनी लगायत अन्य भुक्तानीसम्बन्धी संस्थाहरूमा हुने लगानीको स्रोतको निगरानी थप कडाइका साथ गरिने भएको छ । नयाँ निर्देशनअनुसार कुनै व्यक्तिले भुक्तानीसम्बन्धी संस्थाको चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढी बराबरको शेयर तथा लगानी खरिद गर्न चाहेमा विस्तृत व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ । कम्पनीको सञ्चालक वा उच्च व्यवस्थापकीय पदमा नियुक्त हुन चाहने व्यक्तिहरू पनि यो व्यवस्थाको दायरामा पर्नेछन् ।

त्यस्तै, ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी लगानीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वास्तविक लाभग्राही रहेको अवस्थामा उक्त विवरण राष्ट्र बैंकसमक्ष अनिवार्य रूपमा खुलाउनुपर्नेछ । राष्ट्र बैंकले माग गरेको विवरणमा सम्बन्धित व्यक्तिले नेपाल वा विदेशमा कुनै फौजदारी कसुरमा अनुसन्धान, अभियोजन वा अदालतमा मुद्दा चलेको छ वा छैन भन्ने जानकारी दिनुपर्नेछ ।

सम्बन्धित व्यक्ति नेपाली नागरिक भए उनको नेपाल बाहिर सम्पत्ति रहे या नरहेको वा कुनै सम्पत्तिको वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा गर्नुपर्नेछ । विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायत विषय खुल्ने सम्बन्धित क्षेत्रको अनुभव सम्बन्धी विवरण पनि खुलाउनु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?