प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउँदै बालेन सरकार

समाचार सारांश
Auto Generated by AI
  • सरकारले सार्वजनिक सेवा र प्रशासनिक झमेला हटाउन नयाँ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
  • राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूको असहयोग र कानुनी जटिलता अन्त्य गर्दै शासन प्रणालीलाई नतिजामुखी बनाउन यो कदम चालिएको हो।
  • यस व्यवस्थाले जनसरोकारका काममा हुने ढिलासुस्ती हटाई सुशासन कायम गर्दै देशको समृद्धिको यात्रालाई गति दिने सरकारी दाबी छ।

सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलता हटाउन भन्दै विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २०८३ वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनिक र शासकीय सुधारका लागि आवश्यक अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् । उनले वर्तमान सरकार गठन भएलगत्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिले नयाँ जनादेशको मर्म अनुसार शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आह्वान गरेका थिए । तर, उक्त आग्रहका बावजुद कार्यसम्पादन र समन्वयमा देखिएका व्यावहारिक कठिनाइ अन्त्य नभएपछि सरकारले कानुनी बाटो रोजेको उनको भनाइ छ ।

सरकारले ल्याएको यो अध्यादेशले कार्यसम्पादनमा देखिएका अवरोध (डेड्लक) अन्त्य गरी नतिजामुखी शासन पद्धति स्थापित गर्न सहज हुने दाबी गरिएको उनको भनाइ छ । “सार्वजनिक सरोकारका निर्णय निश्चित समयभित्रै सम्पादन गरी जनतालाई सुशासनको प्रत्याभूति गराउन यो अध्यादेश ल्याइएको हो,” सल्लाहकारले लेखेका छन्, “पुराना र जटिल कानुनी प्रावधानका कारण जनहितका कार्यमा हुने विलम्बलाई यसले अन्त्य गर्नेछ ।”

विगत दशकौँदेखि अल्झिएका प्रक्रियागत समस्यालाई पहिचान गरी तिनको दिगो र वैज्ञानिक समाधान निकाल्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । सरकारले यो कदम कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि चालिएको स्पष्ट पारेका छन्।

कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने सरकारको विश्वास छ । राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आउने र जसले विशेष गरी राजनीतिक नियुक्ति पाएका तर कार्यसम्पादनमा असहयोग गरिरहेका पदाधिकारीलाई व्यवस्थापन गर्न सरकारलाई बाटो खुल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?