३.२५ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ।

गत माघमा यस्तो वृद्धिदर ४.१६ प्रतिशत थियो।

चालु आर्थिक वर्ष २०८२-८३ को सात महिना (साउनदेखि माघसम्म) को औसत मूल्य वृद्धि दर १.९२ प्रतिशत छ।

गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.२१ प्रतिशत थियो।

चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।

यो सात महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा तरकारीमा सबैभन्दा धेरै ११.६३ प्रतिशत, घ्यु तेलमा ७.६१ प्रतिशत र फलफूलमा ७.४१ प्रतिशतले वृद्धि भएको छ।

तर, दाल तथा गेडागुडीको ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसला २.६१ प्रतिशतले मूल्य घटेको छ।

गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा २१.९८ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ५.२८ प्रतिशत, सुर्तिजन्य पदार्थको ४.१५ प्रतिशत र मदिरा तथा पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?