बैंकिङ प्रणालीमा पनि एआई प्रयोग गर्ने तयारी

अब बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसहित विभिन्न क्षेत्रमा एआईको प्रयोगलाई समेटिने भएको छ ।

पछिल्लो समय प्रविधिमा भएको द्रूत विकासले वित्तीय संस्थाहरूको कार्यशैलीमा पनि परिवर्तन भएको छ । सोही सन्दर्भमा नेपाल राष्ट्र बैंकले एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा लागु गर्न मार्गदर्शनको ड्राफ्ट तयार पारेको हो । केन्द्रीय बैंकले आगामी पुस १५ गतेभित्र उक्त खाकामाथि लिखित तथा इमेलमार्फत रायरसुझाव उपलब्ध गराउन सम्बद्ध सरोकारवालाहरूलाई अनुरोध गरेको छ । प्राप्त सुझावको आधारमा मार्गदर्शनलाई आवश्यकताअनुसार शंसोधन गरिने र अन्तिम खाका सार्वजनिक गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

मौद्रिक नीतिमा मार्गदर्शनबारे उल्लेख थियो । सोहीअनुसार अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई पछ्याउँदै नेपालको वित्तीय प्रणालीको विशिष्ट सन्दर्भ अनुरूप मार्गदर्शन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरू वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्थाहरू, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसए)मा यो मार्गदर्शन लागु हुनेछ ।

मार्गदर्शनले बोर्ड सदस्यहरू, वरिष्ठ व्यवस्थापन र कर्मचारीहरूलाई एआईसँग सम्बन्धित जोखिम र प्रविधिहरूबारे प्रशिक्षित गर्न क्षमता विकास गर्नुपर्ने र ग्राहकहरूलाई एआईको प्रयोगबारे सचेत गराउनुका साथै एआई–सम्बन्धी गुनासोहरूलाई उचित रूपमा सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ । यी मार्गदर्शनको पालना गर्दा साइबर लचकता मार्गदर्शन, २०८० र सूचना प्रविधि मार्गदर्शन, २०६९ लगायत अन्य सान्दर्भिक कानुन तथा नियमहरूको पनि पालना गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?