एनपीएललाई लक्षित गर्दै सीजी मेरिडियाले ल्यायो फोरके एआई गुगल टिभी

इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले आफ्नो प्रिमियम सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत एआई-सक्षम फोरके गुगल टीभीका तीन मोडेल६५ इन्च (६५ जीटीभीयू५), ५५ इन्च (५५ जीटीभीयू५) र ४३ इन्च (४३ जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, सीजी मेरिडिया सिग्नेचर सिरिज नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो। सधैँ उच्च गुणस्तरीय, प्रिमियम र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यमा कम्पनी केन्द्रित रहेको जनाइएको छ।

कम्पनीले नयाँ एआई फोरके गुगल टीभी शृंखला नेपाली उपभोक्तालाई विश्वस्तरीय प्राविधिक अनुभव घरेलु मूल्यमा उपलब्ध गराउने र विशेषगरी एनपीएललाई ध्यानमा राखेर सार्वजनिक गरेको जनाएको छ। जहाँ उपभोक्ताले, आफ्नै घरमै बसेर खेलकुदको स्टेडियम–जस्तो अनुभव र चलचित्र हेर्दा हलको जस्तो थिएटर अनुभव मज्जाले आफ्नै लिभिङ रुममा प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ ल्याइएको कम्पनीले जनाएको छ।

सार्वजनिक गरिएका मुख्य एआई विशेषताहरूमा एआई स्किन डिटेक्सन, एआई मोसन क्लारिटी, मोर फ्रेम मोर क्लियर, एआई डायलग क्लारिटी इन्हान्सर, फाइन्ड माई रिमोट कन्ट्रोललगायत अन्य एआई क्षमताहरू छन्। त्यसैगरी प्राविधिक विशेषतामा प्रोसेसर/स्मृतितर्फ क्वाड कोर ए५५ सीपीयू, मालि–जी५२ जीपीयू, २जीबी र्‍याम र १६ जीबी स्टोरेज छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?