‘अटो लोन’ दिनका लागि आठ बैंक तम्सिए

नाडा अटो शोलाई लक्षित गर्दै ‘अटो लोन’ दिनका लागि आठ वटा बैंकहरुले प्रदर्शनीस्थलमै स्टल राखेका छन् । नबिल बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ बैंकले स्टल राखेका हुन् ।

‘अटो लोन स्किम’ मा प्रतिस्पर्धा गर्दै बैंकहरु सहभागी भएका छन् । बैंकहरुले ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको ब्याजदरमा ‘अटो लोन’ दिने भएका छन् । कर्जाको अवधिदेखि ब्याजदरसम्ममा बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

नाडा अटो शोमा सहभागिता जनाएको एनएमबि बैंकले अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी कर्जा उपभोग गर्न सक्छन् । बैंकले नाडा अटो शोमा स्टल राखेर यसबारे यस अफरबारे जानकारी दिइरहेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न अफरसहित गाडी कर्जाको सुविधा ल्याएको छ । बैंकले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिई ०.५ प्रतिशत झारेको छ । यस बैंकले ६.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिइरहेको छ ।

नाडा अटो शो मा गाडी कर्जा प्रवाह गर्नका लागि अर्को बैंक नबिलले पनि आफ्नो स्टल राखेको छ । यस बैंकले गाडी किन्न चाहने ग्राहकहरूलाई ६.७४ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिइरहेको नबिल बैंकको भाटभटेनी ब्राञ्चमा कार्यरत विनोद शर्माले जानकारी दिए ।

उनले भने, ‘नाडा अटो शोमा हामीले बेसरेट प्लस १ प्रतिशतको अफर लिएका आएका छौँ । बेसरेट ५.७५ छ । त्यसमा १ प्रतिशत थप गर्दा हामीले ६.७४ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका छाैँ । अवधि सात वर्षसम्मको लागि राखेका छौँ ।’

उनका अनुसार यस बैंकले दिने गाडी कर्जामा नाडा अटो शो बाहेक अन्य समयमा भने थप महँगो थियो । यसअघि बैंकले ७.५ प्रतिशत ब्याजदर रहेको थियो । अटो शोलाई लक्षित गरेर ब्याजदर घटाएको शर्माले जानकारी दिए । नबिलले ७ वर्षका लागि गाडीको मूल्यको ६० प्रतिशत फाइनान्सिङ गरिदिने समेत उनले बताए ।

नबिल बैंककै छेउमा अर्को बैंकले पनि स्टल राखेको छ । जुन बैंक हो– हिमालयन । यस बैंकले पनि विशेष अफरसहित गाडी कर्जा प्रवाह गरिरहेको छ ।

गाडी किन्ने चाहाना भएर पनि पैसाको अभाव भएकाहरूलाई लक्षित गरेर यस बैंकले अटो लोन ल्याएको हिमालयन बैंकका सिनियर अफिसर सन्दीप श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कतिपयलाई गाडी किन्ने चाहाना हुँदाहुँदै पनि पैसाको अभाव हुनसक्छ । उनीहरूका लागि लक्षित गरेर हामीले स्टल राख्दै गाडी कर्जाको सुविधा दिइरहेका छाैँ । गाडी बाहेक अन्य कर्जाको विषयमा पनि जानकारी दिँदैछौँ ।’

श्रेष्ठका अनुसार यस बैंकले ७.५ प्रतिशत ब्याजमा गाडी कर्जा दिइरहेको छ । अन्य बैंकहरुले ७ वर्षको लागि कर्जा दिइरहेका बेला हिमालयन बैंकले भने आठ वर्षको गाडी कर्जा दिइरहेको छ । गाडीको मूल्यमा ६० प्रतिशत फाइनान्सिङको व्यवस्था गरिएको छ ।

हिमालयन बैंकबाट उपभोक्ताले गाडी कर्जा लिनुपर्ने कारण बताउँदै श्रेष्ठ अगाडी भन्छन्, ‘हामी ग्राहकहरूलाई इएमआईको दबाब कम गर्छौँ । ०.५ प्रतिशत छुट पनि दिइरहेका छौँ । हामी सबै प्रकारका गाडीहरूका लागि कर्जा दिन्छौँ ।’

लक्ष्मी सनराइज बैंकले पनि सात वर्षसम्मको निश्चित ब्याजदरमा अटो लाने प्रवाह गरिरहेको छ । यस बैंकले नाडा अटो शोलाई नै लक्षित गर्दै गाडी कर्जामा छुटको अफर ल्याएको छ ।

लक्ष्मी सनराइज बैंकको हाडिगाउँ शाखाको रिलेसनसिप म्यानेजर रञ्जना खत्रीका अनुसार यस बैंकले ७ वर्षका लागि फिक्स्ड रेटमा ७.९९ प्रतिशत ब्याजदरमा गाडी कजाइ दिइरहेको छ । यो योजना आगामी मंसिर १४ गतेसम्म यो अफर लागू हुनेछ । अटो शो बाहेक बैंकका सबै शाखाहरुमा यस योजनाको फाइदा लिन सकिने समेत उनले जानकारी दिइन् ।

नेपाल एसबिआइ बैंकले नाडा अटो शोमा तीन थरी गाडी कर्जा योजना राखेको छ । यस बैंकले फिक्स्ड रेटमा तीन वर्षका लागि ७.९९ प्रतिशत, पाँच वर्षका लागि ८.४९ प्रतिशत र ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सरकारी स्वामित्वको बैंकले पनि नाडा अटो शोमा स्टल राख्दै गाडी कर्जामा अफर दिइरहेको छ । कृषि विकास बैंकले दुई थरीको अटो लोन योजना राखेको छ । जसमा व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० प्रतिशत र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

उक्त योजना अनुसार बैंकले ६.२३ प्रतिशतमा गाडी कर्जा दिइरहेको छ । जसमा फिक्स्ड रेटमा आधार दर ४ प्रतिशत थप प्रिमियमको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सानिमा बैंकले पनि दुई थरी योजना राखेको छ । गाडी कर्जामा ७ वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ प्रतिशत तोकेको छ भने ५ वर्षको ७.१५ प्रतिशत कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?