लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता, सर्वोत्तम सिमेन्टले तिर्यो दोस्रो किस्ता

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने छ ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता पावत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

‘व्यवसायीलाई नै विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर भन्नु अव्यावहारिक’

एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलकाे बदमासी छताछुल्ल, बालेन सरकारले कडा एक्सन लिँदै

माउन्टेन इनर्जीको नाफा ७९.७० करोड

बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याए

छुटाउनुभयो कि ?