किन बढिरहेको छ सुनको भाउ ? दियशरत्न शाक्यको विचार !

नेपालको लागि आज पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। जसअनुसार प्रतितोला १,७५,२०० कायम भएको छ ।

सुनको अन्तर्राष्ट्रिय मूल्यमा भएको लगातार वृद्धिले प्रतिऔंश ३००० डलर नाघेपछि नेपालमा यो नयाँ मूल्यकायम भएको हो।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको लगत्तै अमेरिकाले बढाएको भन्सार शुल्कले गर्दा अमेरिकाको क्यानडा, मेक्सिको ,चीनसँग हुने स्टिल र आलुमिनियमको व्यापार मात्र प्रभावित नभई युरोप सँग हुने मदिराजन्य व्यापार लगायत पनि प्रभावित भएको र यसले विश्वकै आर्थिक क्षेत्र प्रभावित भई मुद्रास्फिति बढाएकोले महङ्गी विरुद्धको हेजिङको लागि सुनको आकर्षण बढेको हो ।

रूस र युक्रेन बीचको युद्ध अस्थायी रुपमा रोकिए पनि यसको अन्त्य हुने विश्वसनीय आधार तयार नभएको र मध्यपूर्व लगायत अन्य देशको भूराजनीतिक तनाव कायम नै रहेको परिप्रेक्ष्यमा पनि सुरक्षित लगानीको लागि सुनको माग निरन्तर बढिरहेकोले ऐतिहासिक मूल्य वृद्धि भएको हो ।

विगत केही दिनमा डलरको मूल्य ०.३२ प्रतिशतले कम हुनु,अमेरिकाले हालै ३० भन्दा बढी देशहरूलाई भिसा दिन कडाई गर्ने नियम बनाएको लगायतका कारणले आर्थिक बजारमा आएको हलचलले गर्दा पनि सुनको मूल्य थप चुलिएको छ। उकालो अझै लाग्ने देखिन्छ ।

शाक्य सुनचाँदी व्यवसाय महासंघको वरिष्ठ उपाध्यक्ष हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?