किन खेल्ने कराँते ?

कराँते मार्सलआर्ट विधामा पर्ने खेल हो । यो आत्मरक्षाका लागि पनि खेलिन्छ । सुरुवातमा आत्मरक्षाबाट सुरु भएको यो कलाले बिस्तारै खेलको रूप लिएको हो । अहिले यो खेल ओलम्पिकमा पनि समावेश भएको छ । त्यसकारण यसलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको खेल भनिन्छ ।

कराँतेले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम राख्न महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेको छ । यसले तपाईंलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छ । शारीरिक तथा मानसिक विकासका लागि पनि यो खेल महत्वपूर्ण छ ।

– आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सलआर्ट खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाको शारीरिक विकास राम्रो हुन्छ । लचकता बढ्छ । स्मरणशक्ति पनि तेजिलो बनाउँछ । साथै, सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ ।

– कराँते खेल्ने व्यक्तिलाई थकानका कारण निद्रा लाग्छ । अल्छीपन हटाउँछ । युवालाई कुलतबाट जोगाउँछ । उनीहरू स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् र यसैमा ध्यान केन्द्रित गर्छन् । त्यसैले यसलाई सिर्जनात्मक विधा भनिन्छ ।

– गुरु र अग्रजलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ, त्यो मान्छे पनि मार्सलआर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ ।

– शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ । खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । समय व्यवस्थापनमा सहयोग गर्छ । शरीरलाई सन्तुलित राख्छ र रोगप्रतिरोधात्मक क्षमताको विकास गराउँछ ।

ट्रेनिङ गर्दा के खाने ?
कराँते प्रशिक्षण गर्नेले पोषणयुक्त आहार खानुपर्ने हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट भएको खानेकुरामा जोड दिनुपर्छ । सामान्यतया दाल–भात–तरकारी खाइन्छ । तर, चना, अन्डा, गेडागुडीलगायत खानुपर्छ । कराँते खेलमा विपक्षीलाई धेरै साह्रो हान्न पाइन्न, त्यसैले दुर्घटना हुने सम्भावना न्यून हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

संघीय प्रशासनमा उथलपुथल : सचिव सहितका २ हजार ५७७ दरबन्दी घटाइयाे

‘यात्री पी-२’ ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएकाे छ : अर्थमन्त्री वाग्ले

माकाजु र खनाललाई हेमबहादुर मल्ल सम्मान, सार्वजनिक प्रशासनमा नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल

प्रभु बैंकमा करोडौँ कर्जा दुरुपयोग : सीईओ शेरचनसहित ७ जनाकाे मिलेमत्तो !

६ बैंकहरूले लाभांश वितरण गर्न राष्ट्र बैंकमा दिए आवेदन

छुटाउनुभयो कि ?