बजारबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेको छ ।

आइतबार राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ७० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बैंकहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिनका लागि ७० अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो । जसको बोलकबोल आज आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ ।

आइतबार २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रूपैयाँले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ भने, साँवा तथा ब्याज भुक्तानी माघ ६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मंसिर महिनामा मात्रै सात पटक तरलता प्रशोचन गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?