एनसेललगायतका दूरसञ्चारसम्बद्ध व्यक्ति र संस्थाहरूको प्रभावकारी नियमन गर्न–गराउन सर्वोच्च अदालतकाे आदेश

एनसेललगायतका दूरसञ्चारसम्बद्ध व्यक्ति र संस्थाहरूको प्रभावकारी नियमन गर्न–गराउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । बिहीबार सर्वोच्चको संयुक्त इजलासले सांसद अमरेशकुमार सिंहको रिटमाथि दिएको संक्षिप्त फैसलामा यस्तो उल्लेख छ ।

सांसद सिंहले २२ मंसिर ०८० मा एनसेलको सेयर खरिद–बिक्री रोक्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त रिट खारेज गर्दै प्रभावकारी नियमन गर्न निर्देशनात्मक आदेश दिएको हो ।

‘विपक्षी एनसेल आजियाटा लिमिटेडले पूर्ण खुलासको सिद्धान्तविपरीत कार्य गरेको र बुझाउनुपर्ने कागजात नबुझाएको समेत ठहर भइसकेको अवस्थामा नेपालमा दूरसञ्चार सेवाप्रदायक कम्पनीका रूपमा अनुमतिपत्र प्राप्त विपक्षी कम्पनीलगायत सबै व्यक्तिहरूको कानुनबमोजिम प्रभावकारी नियमन गर्नू, गराउनू,’ संक्षिप्त फैसलामा छ ।

गत वर्षको १ डिसेम्बरमा आजियाटा इन्भेस्टमेन्ट युके र स्पेक्ट्रलाइट युके लिमिटेडबिच भएको सेयर खरिद–बिक्री सम्झौता सम्बद्ध कम्पनीहरूले दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति लिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

यूटीएलको लाइसेन्स खारेजीसँगै सम्पत्ति रोक्का

घरजग्गा एक्स्पो हुँदै : छानी–छानी घर तथा जग्गा खरिद गर्न सकिने

पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

छुटाउनुभयो कि ?