उद्योगमन्त्री भण्डारी र कोरियन राजदूत थेयङबिच टिआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

बिहान सिंहदरबारमा भएको भेटका क्रममा हालै सम्पन्न नेपाल–कोरिया बिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेम वर्क (टिआइपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ ।

उद्योग मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबीच गत हप्ता मात्रै कोरियाको राजधानी सिओलमा टिआइपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टिआइपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

कोरियाको सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टिआइपीएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताइएको छ ।
गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाई छ । उहाँले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताउनुभयो ।
हालै कोरियाको भ्रमण गरी फर्किनुभएका मन्त्री भण्डारीको भ्रमण पश्चात् कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले कोरियन लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताउनुभएको छ । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै उहाँले दुई देशबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो । विगतमा कोरिया र नेपाल समान अवस्थामा रहेको भएता पनि हाल कोरियाले पूजिँ र प्रविधिमा राम्रो विकास गरिसकेको हुँदा कोरियाको पूजिँ र प्रविधिबाट नेपाल समेत लाभान्वित हुने गरी सहकार्य अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले नेपालमा वैदेशिक लगानीको प्रतिफल र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राजदूत थेयङले टिआइपीएफ सम्झौता कार्यान्वयनका लागि कोरियाको उद्योग मन्त्रालयका तर्फबाट प्रक्रिया थालनीका लागि यथाशीघ्र पहल गरिने बताउनुभयो भने, मन्त्री भण्डारीले पनि नेपाल सरकारका तर्फबाट प्रक्रियाहरू अगाडी बढिरहेको बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका प्रवक्ता तथा द्विपक्षीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले हालै हस्ताक्षर भएको टिआइपीएफ सम्झौतालाई कार्यान्वयन गर्न परिषद् गठन गरी कार्य तत्काल अघि बढाउन अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

पर्यटन आगमनले चन्द्रागिरि हिल्सको नाफामा सुधार : खुद नाफा करिब ३ करोड

तीन महिनामा उद्योग क्षेत्रमा एक खर्ब लगानी प्रस्ताव

दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

भारत भ्रमणमा बालेनको प्राथमिकता व्यापार र लगानी : दिल्लीमा बिजनेस फोरम

छुटाउनुभयो कि ?