उद्योग वाणिज्य महासंघको विधान संशोधन, अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने, कार्यकाल २ वर्षमात्र

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने गरी विधान संशोधन भएको हो ।

नयाँ व्यवस्थाअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ ।

यता अध्यक्षको कार्यकाल पनि २ वर्षको लागि हुने भएको छ । हाल महासंघको अध्यक्ष ३ वर्ष नेतृत्व सम्हाल्ने गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षे कार्यकाल लागू हुने गरी विधान संशोधन भएको हो ।

संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ ।

महासंघले एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई निरन्तरता दिएको छ । तर, वरिष्ठ उपाध्यक्ष भने निर्वाचनमार्फत् नभएर चयन कार्यकारिणी समितिले गर्नेछ । मंगलबारको विशेष साधारणसभाले जिल्ला/नगर तर्फ २ जना उपाध्यक्ष रहने गरी बिधान संशोधन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?