राजा वीरेन्द्रका ज्वाइँ गोरख राणा बने स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पहिलोपटक नेपाली नियुक्त भएका छन्।

सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका गोरखशमशेर राणालाई बैंकको सीईओमा नियुक्त गरेको हो।

राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्।
यसअघि बैंकको सीईओमा विदेशी बैंकर अनिर्भान घोष दस्तिदार थिए। उनको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो।

राणालाई जनवरी १ बाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि बै‌ंकको सीईओमा नियुक्त गरिएको हो।

बैकिङ करिअर नै स्ट्यान्डर्ड चार्टर्डबाट सुरु गरेका राणा सन् १९९६ देखि बैंकका विभिन्न विभाग सम्हाल्दै आएका थिए।

राणा स्वर्गीय राजा वीरेन्द्र शाहका ज्वाइँ अर्थात् वीरेन्द्रकी छोरी श्रुति शाहका श्रीमान् हुन्। श्रुतिले २०५८ जेठ १९ भएको नारायणहिटी दरबार हत्याकाण्डमा ज्यान गुमाएकी थिइन्। त्यस घटनामा राजा वीरेन्द्र र रानी ऐश्वर्यसहित ११ जना मारिएका थिए।

राणाले अमेरिकाबाट एमबीए गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?