भन्सार दर घटेको प्रभाव : सुनको भाउ तोलामा एकैदिन १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।

सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

भन्सार महसुल घटाएसँगै बजार भाउ पनि सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?