विदेशी ऋणमा जोखिम प्रिमियम कम पर्ने

नेपालले पहिलो पटक मुलुकको सार्वभौम रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा जोखिम प्रिमियम बापत १.५ प्रतिशत मात्रै पर्ने अनुमान गरिएको छ।

रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने अनुमान गरिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख समशेर जबराले बताए।

‘अहिले हामीलाई ऋणदाताले ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेका थिए। अब रेटिङ भएपछि जोखिम प्रिमियम बापत १.५ प्रतिशत मात्रै लागत पर्न सक्छ,’ जबराले भने।

स्ट्याण्डर्ड चार्टर्ड बैंक यो रेटिङको सल्लाहकार समेत हो। नेपालको रेटिङ अन्तराष्ट्रिय रेटिङ एजेन्सी फिट्च रेटिङले गरेको हो। नेपालले बीबी माइनस रेटिङ पाएको छ।

रेटिङ अनुसार दक्षिण एसियाली मुलुकमा भारत बाहेक नेपाल अब्बल देखिएको छ।

अहिलेसम्म नेपालको रेटिङ नभएकोले सबैभन्दा कमजोर रेटिङ सीसीसी मानेर ऋणदाताले बढी प्रिमियम लिने गरेको बैंकहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

जीडब्ल्यूएमका विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको आकर्षण

‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बाढीपछिको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब बढी लाग्ने आकलन

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

छुटाउनुभयो कि ?